Like us!
Follow us!

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

नेपाल हाइड्रो एण्ड इलेक्ट्रिकले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौँ - नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभा कार्तिक १६ गते, बुटवलस्थित क्लब डेनेभो होटल, रूपन्देहीमा दिउँसाे १२.३० बजेबाट सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे २०७५ साल असार मसान्तकाे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ । 

त्यसैगरी, सभामा बैंक कर्जा सिमा सम्बन्धी विशेष प्रस्ताव पेश हुँदैछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f7d4e0a26a9c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।