Like us!
Follow us!

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका !

माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका !

लगानी खबर, काठमाडौँ - माछापुच्छ्रे बैंक लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (असाेज २१ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।

बैंकले साधारण सभा प्रयाेजनका निमित्त भाेलि असाेज २२ गते बुक क्लाेज गर्नेछ । त्यसैले, आज (असाेज २१ गते, बुधबार) सम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंककाे असाेज १४ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २२औंं वार्षिक साधारण सभा कार्तिक ६ गते, हाेटल पाेखरा ग्राण्ड, पार्दि, पाेखरामा बिहान ११ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार हाल कायम चुक्ता पूँजीको ७.०३ प्रतिशत अर्थात ५९ करोड ४६ लाख १६ हजार ९३१ रुपैयाँ बराबरको बोनस शेयर र ३.७३ प्रतिशत अर्थात २८ करोड ५० लाख ६४ हजार ७४४ रुपैयाँ बराबरको नगद लाभांश (बोनस तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

 

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।