लगानी खबर, काठमाडौँ - नेपाल ल्युब ओइल लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (असाेज २१ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।
कम्पनीले साधारण सभा प्रयाेजनका निमित्त असाेज २२ गतेबाट कार्तिक ५ गतेसम्म बुक क्लाेज गर्नेछ । त्यसैले, आज (असाेज २१ गते, बुधबार) सम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीको असाेज १३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ ।
त्यस्तै, कम्पनीले उन्नतिसाैँ वार्षिक साधारण सभा पनि आह्वान गरेकाे छ । उक्त सभा कार्तिक ५ गते बुधबार, संस्थाकाे कार्यालय, झम्सिखेलबाट जुममार्फत सञ्चालन गरिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।