लगानी खबर, काठमाडौँ - एनआईसी एशिया बैंकले आफ्नो एनआईसी एशिया रेमिटमार्फत २०७७ को विजयादशमी, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना ल्याएको छ ।
उक्त योजना अनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउदा दोस्रो पटक निःशुल्क रूपमा रकम पठाउन सकिनेछ । अर्थात् सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउदा शुल्क लागेपनि दोस्रो पटकमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । यो योजनाबाट बैंकका ग्राहकहरूका साथै अन्य महानुभावहरूले पनि लाभ उठाउन सक्नेछन् ।
उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएका ३२६ शाखा कार्यालय, १०३ वटा विस्तारित काउण्टर, ६४ वटा शाखारहित बैंकिङ्ग इकाई एवं १०,००० भन्दा बढी सहायक प्रतिनिधिहरूमार्फत् बिना झन्झट तुरून्त प्राप्त गर्न सकिन्छ । २०७७ आश्विन २० देखि २०७७ मार्ग ५ गतेसम्म लागू हुने यस योजनाबाट चाडपर्वको समयमा ग्राहकहरूले देशका अन्य बैंक तथा वित्तीय संस्थाहरू भन्दा बढी शाखा सञ्जाल भएको यस बैंकमार्फत् सहज एवं सरल रूपमा रकम पठाउन र प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।