Like us!
Follow us!

सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटोकर्पबीच सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिजि मोटोकर्पबीच सम्झौता

लगानी खबर, काठमाडौँ - सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र झम्सिखेल, ललितपुर स्थित मुख्य कार्यालय रहेको सि जि मोटो कर्पबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

बैंक र उक्त कम्पनी बिच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सि जि मोटो कर्पका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक सिराज पन्तले  हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरूले Suzuki ब्राण्डको गाडीको आधिकारीक बिक्रेता सि जि मोटो कर्पबाट नयाँ गाडी खरीद गर्न चाहेमा ९.५ प्रतिशत व्याजदरमा गाडीको मूल्यको ५० प्रतिशत सम्म कर्जा सुविधा बैंकका शाखा कार्यालयहरूबाट प्राप्त गर्न सक्नेछन् । यो सेवा बैंकको हाल संचालनमा रहेका ९१ वटै शाखाहरूबाट लिन सकिनेछ ।


 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।