लगानीखबर काठमाडौं, साउन शुक्लपूर्णिमाका दिन मनाइने गरिएको रक्षाबन्धन एवं जनैपूर्णिमा आज धार्मिक एवं सांस्कृतिक विधिपूर्वक आ–आफ्नै घरमा सीमित भई मनाइँदैछ ।
यस पर्वका अवसरमा दाजुभाइका हातमा दिदीबहिनीले रक्षाका सूत्र वा राखी बाँधेर रक्षाबन्धन पर्व उत्साहका साथ जनकपुरलगायत प्रदेश नं २ मा उल्लासमय वातावरणमा मनाइँदैछ ।
कोरोना सङ्क्रमणको डरले यो पर्व आ–आफ्नै घरमा सीमित भएर मनाउनुपरेको छ । यस पर्वका अवसरमा दिदीबहिनीले कलात्मक राखी बाँधेपछि उपहार पनि पाउने गर्छन् । यस पर्वमा मिठाइको अत्यधिक बिक्री हुने गरेकामा यसपटक कोरोनाका कारण त्यसको बिक्रीमा व्यापक कमी आएको छ । रक्षाबन्धन पर्वका लागि बिक्री हुने गरेको राखीको व्यापारमा समेत नकारात्मक प्रभाव परेको छ ।
जनकपुरलगायत विभिन्न ठाउँमा यस पर्वका अवसरमा ब्राह्मणहरुले रक्षासूत्र बाँधेर आशीर्वाद दिने गर्छन् । यसपटक कोरोनाले गर्दा छरछिमेकमा आफूले एकदुई परिवारलाई मात्र रक्षासूत्र बाँधेको पण्डित रामसोगारथ झाले बताउनुभयो ।
यस पर्वका अवसरमा आज बिहान जनकपुरधामका गङ्गासागर, धनुषसागरलगायत पवित्र सरोवरमा बिहानै स्नान गरी कतिपयले ऋषिको पूजा तथा तर्पणसमेत गरेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।