लगानी खबर, काठमाडौँ - सामलिङ्ग पावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ ।
कम्पनीले प्रति शेयर एक सय रूपैयाँ अंकित दरको १२ करोड ३० लाख रूपैयाँ बराबरकाे १२ लाख ३० हजार कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साथै, नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त गर्ने सम्झौता समेत गरिएको छ ।
उक्त सम्झाैता पत्रमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्ग पावर कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले हस्ताक्षर गरेका हुन् ।
उर्जा डेभलपर्स प्रा.लिको ग्रुप कम्पनी सामलिङ्ग पावर कम्पनी लिमिटेडद्धारा इलाम जिल्लामा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना (९.५१ मे.वा) २०२० डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।