लगानी खबर, काठमाडौं – स्मार्ट च्वाइस टेक्नोलोजीको नाममा रहेको नेपाल क्लियरिङ हाउस लिमिटेडकाे संस्थापक समूहकाे शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीकाे २ लाख ९८ हजार ८० कित्ता संस्थापक शेयर लिलाम हुन लागेकाे हाे ।
उक्त शेयरमा साविकका संस्थापक शेयरधनी वा नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था वा सरकारी स्वामित्व रहेका विशेष ऐनद्वारा स्थापित संस्थाले आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताले असोज २० गते मंगलबारदेखि असाेज २४ गते शनिबारसम्म बोलपत्र पेश गर्नुपर्नेछ ।
प्रतिकित्ता मूल्य कति ?
उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर ३ सय ५० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले न्युनतम ५० हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, हात्तिसारमार्ग, कमलादी, काठमाडौंमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।