लगानी खबर, काठमाडौं – सनराइज फर्स्ट म्युचुअल फण्डले आज (असोज १९ गते, साेमबार) बाट इकाईधनीहरुको बैंक खातामा धमाधम नगद लाभांश पठाउने भएको छ ।
फण्डले असाेज १० गतेसम्म नेप्सेमा काराेबार भई कायम रहेका र आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा कर सहित ७ प्रतिशत नगद लाभांश जम्मा गर्न थालेकाे हो ।
त्यसैगरी, फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । यसका साथै, आफ्नो इकाई धिताे राखेका इकाईधनीहरुले प्रतिफल प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाकाे स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
फण्डकाे योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।