लगानी खबर, काठमाडौँ - नेपाल बैंक लिमिटेडकाे विशेष साधारण सभा आज (असोज १९ गते, साेमबार) हुँदैछ । बैंककाे भाद्र २५ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजेदेखि जुमको माध्यमबाट सञ्चालन हुनेछ ।
विशेष साधारण सभामा बैंकले नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने सञ्चालकको संख्या ४ बाट घटाएर ३ बनाउने प्रस्ताव पारित गर्नेछ । बैंकको प्रबन्धपत्र र नियमावलीलाई समयानुकूल अद्यावधिक गर्नुपर्ने भएकाले प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशाेधन/थपघट गर्ने एजेन्डा पनि रहेकाे छ ।
त्यसैगरी, बैंकले विशेष साधारण सभा प्रयाेजनकाे निमित्त असाेज ८ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाे थियाे । त्यसैले, असाेज ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।