Like us!
Follow us!

हिमालय एयरलाइन्सद्वारा काठमाडौंका हस्पिटलहरूलाई चिकित्सा सामाग्री प्रदान

हिमालय एयरलाइन्सद्वारा काठमाडौंका हस्पिटलहरूलाई चिकित्सा सामाग्री प्रदान

लगानी खबर, काठमाडौं – हिमालय एयरलाइन्सले शहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र, बाँसवारी, राष्ट्रिय ट्रमा सेन्टर, महाँकाल र मनमोहन मेमोरियल सामुदायिक हस्पिटल, फर्पिङ्गलाई विविध चिकित्सा सामाग्री प्रदान गरेर सहयोग पुर्याएको छ । ती चिकित्सा सामाग्रीहरूको हस्तान्तरण कार्यक्रम गतसाता हिमालय एयरलाइन्सकाे कार्यालय परिसरभित्र सम्पन्न भएको थियो । 

उक्त कार्यक्रममा हिमालय एयरलाइन्सकाे ब्राण्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्ज्वला दलीले शहिद गङ्गालाल हृदयरोग केन्द्रका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रञ्जित बराललाई १०० थान पि.पि.इ. सेट र १०० थान आर.डि.टी. परीक्षण किट प्रदान गरेकी थिइन् । त्यसैगरी १०० थान पि.पि.इ. सेट र १०० थान आर.डि.टी. परीक्षण किट राष्ट्रिय ट्रमा सेन्टरका हाड–जोर्नी विशेषज्ञ डा. ज्ञानेन्द्र शाहले प्राप्त गरेका थिए । 

विशेषतः काठमाडौं उपत्यकाभित्र रहेका स्वास्थ्य क्षेत्रका समुदायरू बीच आफ्नो सेवाको पहुँच बढाउने प्रयास अनुरूप एयरलाइन्सले कोभिड–१९ विरूद्धको लडाईमा अत्यावश्यक पर्ने १०० थान पि.पि.ई. सेट, १०० थान आर.डि.टी. परीक्षण किट, २०० थान सर्जिकल मास्क, २०० थान सर्जिकल ग्लोभ्स, ५० थान एन–९५ मास्क, ५० थान फेस शिल्ड्स, ५०० थान शु कभर र ५ बोत्तल (प्रत्येक ५०० मि.लि.का) स्यानिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका सामाग्रीहरू मनमोहन मेमोरियल सामुदायिक हस्पिटललाई प्रदान गरेको थियो । सो हस्पिटलका निमित्त अध्यक्ष श्री पूर्णबहादुर शाहीले हस्पिटलका तर्फबाट उपरोक्त सामाग्रीहरू ग्रहण गरेका थिए । 

उक्त अवसरमा बोल्दै दलीले कोभिड–१९ विरूद्ध लड्ने कार्यमा समाज र राष्ट्रको लागि सहयोग पुर्याउन, हिमालय सदैव तत्पर रहने बताइन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।