Like us!
Follow us!

घट्याे सुनको भाउ, तोलाको कति ?

घट्याे सुनको भाउ, तोलाको कति ?

लगानी खबर, काठमाडौँ - साताकाे अन्तिम दिन आज (शुक्रबार) पनि नेपाली बजारमा सुनकाे मूल्यले ओरालाे यात्रा तय गरेकाे छ । लगातार बढिरहेकाे सुनकाे मूल्यले हिजाेबाट घट्न सुरू गरेकाे हाे ।

शुक्रबार सुनकाे मूल्य ताेलाकाे २ सय रुपैयाँले घटेर  प्रतिताेला ९४ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको भाउ पनि ताेलाकाे २ सय रूपैयाँले नै घटेर प्रतितोला ९३ हजार ८ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य भने स्थिर रहेकाे छ । आज पनि चाँदी प्रतितोला एक हजार १ हजार १ सय ७५ रूपैयाँमा नै काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।