लगानी खबर, काठमाडौं – नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे १८औं वार्षिक साधारण सभा आज (असोज १६ गते, शुक्रबार) हुँदैछ । उक्त सभा हाेटल सेन्ट्रल पार्क, साैराहा, चितवनमा दिउँसो १ बजेबाट सुरू हुनेछ ।
सभामा सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।
यसैगरी, सभामा बैंकले हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । बैंकले हाल कायम चुक्ता पुँजी ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँकाे एक बराबर एककाे (१:१) अनुपातमा हकप्रद शेयर जारी गरी चुक्ता पुँजी १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ पुर्याउन लागेकाे हाे ।
त्यसैगरी, बैंकले साधारण सभा प्रयाेजनका लागि आश्विन ८ गतेदेखि १६ गतेसम्म बैंककाे शेयर दाखिला खारेज बन्द गरेकाे छ । त्यसैले, आश्विन ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।