लगानी खबर, काठमाडौँ - साताको अन्तिम दिन आज (बिहिबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ । बिहीबार शेयर बजार दाहाेराे अंकले बढेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक २०.६१ अंकले बढेर एक हजार ५७१.०४ मा पुगेकाे छ । नेप्से १.३३ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.९८ अंकले बढेर ३१०.१५ मा पुगेको छ ।
कूल १९३ वटा कम्पनीकाे ९९ लाख ३० हजार ८ सय ३० कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब ८० करोड ७७ लाख ८ हजार १ सय ३७ रुपैयाँको कारोबार भएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज १० वटा उपसमूहको शेयर बढेकाे छ भने बाँकी २ वटा उपसमूहकाे शेयर मात्र घटेकाे छ ।
त्यसैगरी, बिहीबार काराेबार रकमकाे आधारमा बैंक अफ काठमाण्डूले अग्रता कायम गर्न सफल भएकाे छ । बैंककाे १४ कराेड ७६ लाख ५६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।
हेराैं आजकाे शेयर तालिका :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।