लगानी खबर, काठमाडौँ - प्रवाह बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
संस्थाको असोज ९ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे १४औं वार्षिक साधारण सभा कार्तिक २२ गते शनिबार, संस्थाकाे कार्यालय, प्रवाह भवन, चागल, लखतिर्थ, काठमाडौंमा हुनेछ । संस्थाले सहकारी विभागले असाेज १ गते प्रकाशन गरेकाे साधारण सभा सम्बन्धी सूचना अनुसार सभा गर्न लागेकाे हाे ।
त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।