Like us!
Follow us!

भायानेटले ल्यायो चाडपर्वको अफर

भायानेटले ल्यायो चाडपर्वको अफर

लगानी खबर, काठमाडौँ - भायानेटले आफ्ना ग्राहकहरूका लागि यस वर्षको आफ्नो चाडपर्वको अफर “भायानेट बडा दशैंमा बडा टिभी” ल्याएको छ । कम्पनीका अनुसार नेपालीहरूको महान चाड दशैं र तिहारको उपलक्ष्यमा “भायानेट बडा दशैंमा बडा टिभी” नामक योजनामा ग्राहकहरूलाई टेलिभिजन सेट र क्यास भाैचर प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत, भायानेटका ग्राहकहरूले ४३'' Skyworth LED TV को साथ ३० mbps इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र ४१ हजार ९ सय ९० प्राप्त गर्नेछन् भने ३२'' Skyworth LED TV को साथ ३० mbps इन्टरनेटको वार्षिक प्लान र भायाटिभी सेवा मात्र २८ हजार ९ सय ९० प्राप्त गर्नेछन् ।

यसका साथै यो चाडपर्वलाई अझै रमाइलो बनाउन भायानेटले ईसेवाको ६ सय ५० रूपैयाँ सम्मको क्यास भाैचर प्रदान गर्दैछ भने पुराना ग्राहकहरूले थप ६ सय रूपैयाँ सम्मको छुट पनि प्राप्त गर्नेछन् । 

ग्राहकहरूले यस अफरबाट टेलिभिजन सेटमा मार्केट रेटको दाँजोमा ३५% भन्दा बढीको छुट पाउने छन् । भायाटिभीको सेवाका साथ अब युट्युब उपलब्ध हुने भएकोले अफरमा प्रदान गर्ने LED TV मा स्मार्ट टिभीको फिचरको मजा लिन सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।