Like us!
Follow us!

जनरल इन्स्योरेन्सको आइपिओमा ८ लाखबढीले दिए आवेदन, पर्ने सम्भावना कति ?

जनरल इन्स्योरेन्सको आइपिओमा ८ लाखबढीले दिए आवेदन, पर्ने सम्भावना कति ?

लगानी खबर, काठमाडौँ - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) काे आज अन्तिम दिन पनि लगानीकर्ताको उस्तै ओइरो लागेकाे छ ।

अन्तिम दिन बेलुका ५ बजेसम्ममा ८ लाख १२ हजार ३ सय ४० जना आवेदकले २ अर्ब २५ करोड २६ लाख ४१ हजार रुपैयाँ बराबरको २ करोड २५ लाख २६ हजार ४ सय १० कित्ताको लागि आवेदन  दिएका सीडीएसले जानकारी दिएकाे छ । याे माग भन्दा ८.२५ गुणा बढी आवेदन हो । अन्तिम तथ्यांक आउन बाँकी भएकाले थाेरै तलमाथि हुन सक्ने पनि सीडीएसले जनाएकाे छ ।

कम्पनीले असोज ११ गते आइतबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे। जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेकाे हाे ।

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेकाे छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।