Like us!
Follow us!

सिटीजन्स लाइफले आइपिओ निष्कासन गर्ने

सिटीजन्स लाइफले आइपिओ निष्कासन गर्ने

लगानी खबर, काठमाडौँ - सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले ७५ करोड रूपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेकाे हाे ।

यसैगरी, कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनी र क्यापिटलबीच हिजाे सम्झाैता भएकाे हाे । उक्त सम्झाैता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका हुन् ।

त्यस्तै, हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेकाे छ ।  साधारण शेयर (आइपिओ) निष्कासन गरेपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड रूपैयाँ पुग्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।