Like us!
Follow us!

सगुनको आइपिओ भर्न अब जम्मा १ दिन बाँकी !

सगुनको आइपिओ भर्न अब जम्मा १ दिन बाँकी !

लगानी खबर, काठमाडौँ - संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुनले खोलेको मिनि (आइपिओ) मा लगानी गर्ने अवसर बुधबार एक दिन मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ।

कम्पनीले  “ग” श्रेणीको साधारण शेयर प्रतिकित्ता ३० डलरका दरले ३ लाख कित्ता सर्वसाधारणलाई बिक्रि गरिरहेको छ ।

अमेरिकी समय अनुसार बुधबार (सेप्टेम्बर ३० तारिख)  मध्य रातसम्म नेपाल, इरान र उत्तर कोरिया बाहेकका लगानीकर्ताले सगुनको शेयर  खरिद गर्न पाउनेछन् ।  कम्तिमा ३० कित्ता शेयर नौ सय डलरमा  खरिद गर्न सकिने प्रावधान रहेको छ ।  

त्यसैगरी, सगुनको शेयर खरिद गर्न इच्छुक व्यक्तिले www.sagoon.com/invest  मा गएर वा सगुन एपमा रहेको मिनि आइपिओ ट्याब छनोट गरी लगानीका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।