लगानी खबर, काठमाडौँ - सिटिजन्स म्युचुअल फण्ड १ र २ काे नगद लाभांश सुरक्षित गर्ने आज (असाेज १४ गते, बुधबार) अन्तिम दिन रहेकाे छ ।
दुवै फण्डले नगद लाभांश वितरण गर्नको लागि भाेलि (असाेज १५ गते, बिहीबार) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले, आज (असाेज १४ गते, बुधबार) सम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सीबीआईएल क्यापिटल लिमिटेडकाे भाद्र २९ गते साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७६/०७७ का लागि सिटिजन्स म्युचुअल फण्ड – १ का इकाईधनीहरूलाई कर सहित १५ प्रतिशतका दरले हुन आउने १२ कराेड ३० लाख रूपैयाँ बराबरकाे नगद लाभांश र सिटिजन्स म्युचुअल फण्ड – २ का इकाईधनीहरूलाई कर सहित १० प्रतिशतका दरले हुन आउने ५ कराेड ६० लाख रूपैयाँ बराबरकाे नगद लाभांश वितरण गर्ने घाेषणा गरेका छन् ।
हेर्नुहाेस् सूचना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।