लगानी खबर, काठमाडौँ - बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गते, साेमबारबाट असाेज ४ गते, आइतबारसम्म लिलामी मार्फत बिक्री खुल्ला गरेकाे संस्थापक समूहकाे शेयर हिजाे (असाेज १३ गते, मंगलबार) बाँडफाँड गरिएकाे छ ।
त्यसैगरी, शेयर बाँडफाँडमा नपरेकाे शेयर बापतकाे रकम आज (बुधबार) देखि फिर्ता हुने भएको छ । आवेदकले उक्त रकम आवेदन फारममा उल्लेख गरेको बैंक खातामा नै फिर्ता पाउनेछन् ।
बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्कासन (तेस्रो संशोधन) नियमावली २०७६ मा भएको व्यवस्था अनुसार संस्थापक समूहको ३ लाख १६ हजार १ सय ५६ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गरेकाे थियाे ।
बैंककाे हकप्रद बिक्री प्रबन्धक एनआइबीएल एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।