Like us!
Follow us!

जनरल इन्स्योरेन्सको आइपीओमा आवेदनको वर्षात्, ३ दिनमै पर्यो यति आवेदन !

जनरल इन्स्योरेन्सको  आइपीओमा आवेदनको वर्षात्, ३ दिनमै पर्यो यति आवेदन !

लगानी खबर, काठमाडौँ - जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्कासन गरेकाे आज तेश्राे दिन रहेकाे छ । 

तेश्राे दिन बेलुका ६ लाख ८१ हजार ३ सय ७३ जना आवेदकबाट १ अर्ब ९१ करोड ६१ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ९१ लाख ६१ हजार ९ सय ९० कित्ताका लागि आवेदन परेकाे निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी दिएकाे छ । याे माग भन्दा ७.०१ गुणा धेरै आवेदन हो । 

दाेश्राे दिन बेलुका ५ बजेसम्ममा ५ लाख १० हजार १ सय ६ जना आवेदकबाट १ अर्ब ४५ करोड ७८ लाख ७६ हजार रुपैयाँ बराबरको १ करोड ४५ लाख ७८ हजार ७६० कित्ताका लागि आवेदन परेकाे थियाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे। जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेकाे हाे।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि छिटोमा असाेज १४ गते र ढिलोमा असाेज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेकाे छ ।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।