Like us!
Follow us!

७.२१ अंकले घट्यो नेप्से, अरुण काबेलीको सर्वाधिक कारोबार !

७.२१ अंकले घट्यो नेप्से, अरुण काबेलीको सर्वाधिक कारोबार !

लगानी खबर, काठमाडौँ - आज (मंगलबार) पनि शेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । शेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक ७.२१ अंकले घटेर एक हजार ५५३.६२ मा पुगेकाे छ । नेप्से ०.४६ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १.७९ अंकले घटेर ३०७.८२ मा पुगेको छ ।

कूल १९२ वटा कम्पनीकाे ७३ लाख ५ हजार १ सय ११ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ८२ करोड ९८ लाख ७२ हजार ९ सय ६८ रुपैयाँको कारोबार भएकाे छ । 

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे शेयर घटेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर मात्र बढेकाे छ ।

त्यसैगरी, मंगलबार काराेबार रकमकाे आधारमा अरूण काबेली पावर लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीकाे २ सय २८ रूपैयाँ शेयरमूल्यमा १७ कराेड ४१ लाख ८४ हजार २ सय ३९ बराबरको शेयर कारोबार भएको छ । 

   हेराैं आजकाे शेयर तालिका :

5f72fe90658c3.jpg 5f72fe993f186.jpg 5f72fea3eff62.jpg 5f72feac48be6.jpg 5f72feb6bbc0e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।