Like us!
Follow us!

नेपाल ल्युब ओइलले लाभांश घोषणा गर्दै डाक्याे साधारण सभा, बुक क्लोज कहिले ?

नेपाल ल्युब ओइलले लाभांश घोषणा गर्दै डाक्याे साधारण सभा, बुक क्लोज कहिले ?

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल ल्युब ओइल लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

कम्पनीको आज (असाेज १३ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ । 

यसैगरी, कम्पनीले उन्नतिसाैँ वार्षिक साधारण सभा पनि आह्वान गरेकाे छ । उक्त सभा कार्तिक ५ गते बुधबार, संस्थाकाे कार्यालय, झम्सिखेलबाट जुममार्फत सञ्चालन गरिनेछ ।

त्यस्तै, कम्पनीले साधारण सभा प्रयाेजनका निमित्त असाेज २२ गतेबाट कार्तिक ५ गतेसम्म बुक क्लाेज गर्नेछ । त्यसैले, असाेज २१ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5f72f727d9887.jpg 5f72f7326c9c6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।