Like us!
Follow us!

नाडेप लघुवित्तकाे बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम मौका !

नाडेप लघुवित्तकाे बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम मौका !

लगानी खबर, काठमाडौँ - नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकाे बोनस शेयर सुरक्षित गर्ने आज (असाेज १३ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ । संस्थाले  साधारण सभा गर्ने प्रयाेजनार्थका लागि असोज १४ गते एक दिनका लागि संस्थाकाे शेयर दाखिला खारेज बन्द गर्नेछ । त्यसैले, आज (असाेज १३ गते, मंगलबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाकाे भाद्र ४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पाँचाै वार्षिक साधारण सभा असाेज २८ गते बुधबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट, नागार्जुन-१, काठमाडौँमा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा संस्थाकाे असार ११ गते बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार  कम्पनीका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७५/०७६ सम्मकाे सञ्चित मूनाफाबाट हाल कायम चुक्ता पूँजीकाे १० प्रतिशतका दरले बाेनस शेयर र बाेनस शेयरमा लाग्ने कर प्रयाेजनका लागी १९ लाख ३६ हजार ८ सय ४२ रूपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।