Like us!
Follow us!

राष्ट्र बैंकले थप्यो पुनरकर्जाको लागि आवेदन दिने समय, अब कहिलेसम्म ?

राष्ट्र बैंकले थप्यो पुनरकर्जाको लागि आवेदन दिने समय, अब कहिलेसम्म ?

लगानी खबर, काठमाडौं – नेपाल राष्ट्र बैंकले पुनरकर्जाको लागि आवेदन दिने समय थप गरेकाे छ । बैंकले बैंकबाट इजाजतप्राप्त 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रुपमा प्रदान गरिने यस्ताे कर्जाकाे लागि आवेदन दिने समय असाेज ३० गते, शुक्रबारसम्मकाे लागि थपेकाे हाे । 

यसअघि पुनरकर्जाको लागि आवेदन दिने समय असाेज १४ गतेसम्म रहेकाेमा विभिन्न सराेकारवालाहरूमा काेराेना भाइरसक राेकथामका लागि विगतमा भएकाे लकडाउन र निषेधाज्ञा जस्ता कारणले समय बढाइदिन अनुराेध गरेका हुनाले म्याद थप गरिएकाे राष्ट्र बैंकले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f72913b5cb97.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।