Like us!
Follow us!

सिद्धार्थ इक्वीटी फण्डको शेयरमा लगानी कति ? (विवरणसहित)

सिद्धार्थ इक्वीटी फण्डको शेयरमा लगानी कति ? (विवरणसहित)

लगानी खबर, काठमाडौं – सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले २०७७ साल भाद्र मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

भाद्र मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य ११ रुपैयाँ ४८ पैसा पुर्याएकाे छ । उक्त मूल्य श्रावण मसान्तकाे तुलनामा ७४ पैसाले धेरै हाे । श्रावण मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ७४ पैसा रहेकाे थियो ।

त्यसैगरी, भाद्र मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको शेयरमा गरेकाे लगानी १ अर्ब ३१ करोड ९१ लाख ९५ हजार रुपैयाँ पुगेकाे छ । उक्त लगानी  श्रावण मसान्तकाे तुलनामा ४ दशमलव ७३ प्रतिशतले धेरै हाे । श्रावण मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब २५ करोड ९५ लाख २२ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।

फण्डले सार्वजनिक गरेकाे भाद्र मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

5f71a6296d9c7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।