लगानी खबर, काठमाडौँ - औषधि व्यवस्था विभागले विषाक्त रसायन मिथानाेल (Methanol) मिश्रित ह्यान्ड स्यानिटाईजर (Hand Sanitizer) सम्बन्धी अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।
विभागले राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ताेकेकाे मापदण्ड विपरित विषाक्त रसायन मिथानाेल समावेश भएकाे पाइएकाले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले तलकाे सूचनामा उल्लेख गरिएकाे ९ कम्पनीका स्यानिटाईजर प्रयाेग नगर्न अनुराेध गरेकाे हाे ।
यसअघि पनि विभिन्न ९ कम्पनीका स्यानिटाईजर प्रयाेग गर्न राेक लगाइएकाे थियाे । याे सँगै प्रयाेग गर्न राेकावट लगाइएकाे स्यानिटाईजरकाे संख्या १८ पुगेको छ ।
विभागले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।