Like us!
Follow us!

कान्तिपुरी सहकारीले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा !

कान्तिपुरी सहकारीले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा !

लगानी खबर, काठमाडौँ - कान्तिपुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाको असोज ७ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे २०औं वार्षिक साधारण सभा कार्तिक ५ गते बुधबार, संस्थाकाे केन्द्रिय कार्यालय, गाेगंवु परिसर, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । संस्थाले सहकारी विभागले असाेज १ गते प्रकाशन गरेकाे साधारण सभा सम्बन्धी सूचना अनुसार सभा गर्न लागेकाे हाे ।

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने, लाभांश वितरणका लागि स्विकृत गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f718248ae2c0.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।