लगानी खबर, काठमाडौँ - नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्ममा आइपुग्दा कम्पनीले १ करोड ४ लाख ९६ हजार ३ सय ७५ रूपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा १४ दशमलव ५१ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा कम्पनीले ९१ लाख ६५ हजार ६ सय ८७ रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।
चाैथाे त्रैमाससम्ममा कम्पनीले बिजुली बेचेर ५ करोड ५७ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा ३ दशमलव ३९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर ५ करोड ३९ लाख ५५ हजार रुपैयाँ नाफा आम्दानी गरेको थियाे ।
त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ हुँदा जगेडा कोष भने ३६ करोड ७ लाख ३५ हजार रुपैयाँ ऋणात्मक छ । कम्पनीकाे प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८९ पैसा र प्रतिशेयर नेटवर्थ ७४ रुपैयाँ ६९ पैसा रहेकाे छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।