लगानी खबर, काठमाडौँ - रिलायबल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २२औं वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे श्रावण २५ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा आश्विन २७ गते मंगलबार, संस्थाकाे कार्यालय भवन,शंखमुलमार्ग, काठमाडाैँमा बिहानकाे ८:३० बजेबाट सुरू हुनेछ । सहकारी विभागले असाेज १ गते प्रकाशन गरेकाे साधारण सभा सम्बन्धी सूचना अनुसार सभा गर्न लागिएकाे हाे ।
त्यसैगरी, सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमाेदन गर्ने, आर्थिक वर्ष २०७७/७८ को अनुमानित बजेट तथा कार्यक्रम पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने। संस्था एकिकरण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।