Like us!
Follow us!

४.२९ अंकले बढेको बजारमा सोल्टी होटलको सर्वाधिक कारोबार !

४.२९ अंकले बढेको बजारमा सोल्टी होटलको सर्वाधिक कारोबार !

लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।

 नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.२९ अंकले बढेर एक हजार ५६५.५५ मा पुगेकाे छ । नेप्से ०.२७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.९० अंकले बढेर ३१०.४७ मा पुगेको छ ।

कूल १९१ वटा कम्पनीकाे एक कराेड ९९ लाख ७२ हजार ३ सय ११ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार ३ सय ७१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ५ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे शेयर घटेकाे छ ।

त्यसैगरी, आइतबार काराेबार रकमकाे आधारमा सोल्टी होटल लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीको ४८ कराेड ५६ लाख ५१ हजार ८ सय ८९ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे ।

 हेराैं आजकाे शेयर तालिका :

5f705bb29d580.jpg 5f705bb97aa2f.jpg 5f705bc880221.jpg 5f705bd2baee2.jpg 5f705bdb75573.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।