Like us!
Follow us!

स्थापित सहकारीले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा !

स्थापित सहकारीले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा !

लगानी खबर, काठमाडौँ - स्थापित योजना तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाको असोज ३ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे एघाराैँ वार्षिक साधारण सभा असोज २४ गते देखि ३० गतेसम्म प्रत्येक दिन बिहान ७ बजेदखि १० बजेसम्म सगुन क्याफे बालाजु, काठमाडौंमा हुनेछ ।

त्यसैगरी, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f7057375afb0.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।