Like us!
Follow us!

राष्ट्र बैंकले ३ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै, बोलकबाेल कहिले ?

राष्ट्र बैंकले ३ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै, बोलकबाेल कहिले ?

लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले ३ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत ९१ दिन र १८२ दिनको अवधिकाे लागि उक्त रकम बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागिएकाे जनाएकाे छ ।

बैंकले ९१ दिनकाे अवधिका लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । बोलकबोल प्रक्रियाका माध्यमबाट जारी गर्न लागिएको उक्त ट्रेजरी बिल २०७७ साल पुस १४ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनको अवधिका लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्नेछ । उक्त ट्रेजरी बिल २०७७ साल चैत्र १७ गते परिपक्क हुनेछ । 

त्यसैगरी, भाेलि (असाेज १२ गते, साेमबार) ३ बजे बोलकबाेल भएर पर्सी (असाेज १३ गते, मंगलबार) ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5f70523158779.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।