Like us!
Follow us!

युनिलिभर नेपालको लाभांश घोषणा, बुकक्लोज कहिले ?

युनिलिभर नेपालको लाभांश घोषणा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनिलिभर नेपाल लिमिटेडकाे लाभांश घाेषणा गरिएकाे छ ।

कम्पनीकाे असाेज ९ गते शुक्रबार भर्चुअल माध्यमबाट बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/०७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरण गर्ने लाभांशकाे  घाेषणा गरिएकाे हाे । बैठकले  प्रति शेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने निर्णय गरेकाे छ ।

उक्त प्रस्तावित लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ । कम्पनीले साधारण सभा सम्पन्न भएको ४५ दिन भित्र नै लाभांश वितरण गरिसक्ने जानकारी समेत दिएकाे छ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि कार्तिक २७ गते बुकक्लोज गर्ने भएकाे छ । त्यसैले, कार्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f701c880849e.jpg 5f701c8f6d33e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।