Like us!
Follow us!

मेगा बैंकको नबिकेको हकप्रद शेयर आजबाट लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

मेगा बैंकको नबिकेको हकप्रद शेयर आजबाट लिलामीमा, प्रतिकित्ता मूल्य कति ?

लगानी खबर, काठमाडौं – मेगा बैंक लिमिटेडले आज (असाेज ११ गते, आइतबार) देखि शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको छ ।

बैंकले संस्थापक समूहको ११ लाख ३३ हजार ३ सय ४४ दशमलव ७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४ दशमलव ६३ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको हाे । यसअघि बैंकले २०७४ साल भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म हकप्रद शेयर खुल्ला गरेकाे थियाे । साेही अवधिमा आवेदन नपरेकाे शेयर बैंकले अहिले लिलामी मार्फत खुल्ला गरेकाे हाे ।

यसैगरी, उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  लगानीकर्ताले न्युनतम १ सय कित्ता र अधिकतम १ लाख कित्ताको लागि असोज ११ गतेदेखि असोज १८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

बैंकको निष्कासन तथा बिक्री प्रबन्धक  मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f6d4882752f2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।