Like us!
Follow us!

ग्लोबल आइएमई क्यापिटलले डाक्याे साधारण सभा, शेयरधनीलाई लाभांश कति ?

ग्लोबल आइएमई क्यापिटलले डाक्याे साधारण सभा, शेयरधनीलाई लाभांश कति ?

लगानी खबर, काठमाडौँ - ग्लोबल आइएमई क्यापिटलले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे असाेज ९ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे तेर्हाैँ वार्षिक साधारण सभा कार्तिक ३ गते, साेमबार कम्पनीकाे रजिष्टर्ड कार्यालय जमल, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।

त्यसैगरी, सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमाेजिम आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट चुक्ता पूँजीको ६.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ ।

यसका साथै, सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीकाे आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि ताेकिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5f6ff42d3a0c4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।