Like us!
Follow us!

नेपाल फाइनान्सको आठ वर्षको साधारण सभा सम्पन्न , पारित भए यस्ता एजेन्डा !

नेपाल फाइनान्सको आठ वर्षको साधारण सभा सम्पन्न , पारित भए यस्ता एजेन्डा !

लगानी खबर, काठमाडौँ - नेपाल फाईनान्स लिमिटेडको २० देखि २७ औं वार्षिक साधारण सभा कोभिड १९ जस्तो महामारीको बाबजुत सम्पूर्ण शेयरधनीहरूको भौतिक तथा अभौतिक माध्यमबाट संस्थाको केन्द्रिय कार्यालय कमलादी काठमाण्डौंमा सम्पन्न भएको छ । 

साधारण सभाले संंस्थाको अधिकृत पूजी १ अर्ब र जारी तथा चुक्ता पूजी ८४ करोड २ लाख बनाउने निर्णय समेत गरेको छ । नेपाल राष्ट्र बैंकले ग वर्गका वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड पुर्याउन दिएको निर्देशन बमोजिम सो निर्णय गरेको हो । साथै साधारण सभाले यसका लागि आजैका मितिदेखि सो प्रकृयालाई अगाडि बढाउने प्रस्तावलाई समेत पारित गरेको छ । 

संस्थालाई नयाँ ढंगले आफै संचालन गर्न सकिन्छ भन्ने अठोटका साथ केहि नयाँ शेयरधनीहरू समेतको सक्रियतामा यस संस्थाको चुक्तापूँजी ८४ करोड २ लाख ६५ हजार ५ सय ९४ रूपैयाँ  पुर्याउन १ः१.७५ (एक बराबर एक दशमलव सात पाँच) को अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि साधारण सभाबाट पारित भएको छ । संस्थाको मिति २०७४ फागुन २९ गते सम्पन्न भएको विशेष साधारण सभाको निर्णय बमोजिमको हाल कायम चुक्ता पूँजीको १ः१.२५ को दरले हकप्रद शेयर जारी गर्ने गरी प्रकृया थालिएकोमा सोको धितोपत्र बोर्डबाट स्वीकृत हुने अन्तिम चरणमा रहेको छ । जस अन्तर्गत आधारभुत लगानीकर्ता तथा संचालकहरूबाट उक्त हकप्रद शेयर बापतको रकम कल्स इन एडभान्समा जम्मा भइसकेको छ ।

 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।