Like us!
Follow us!

एसबिआई बैंकका सञ्चालक श्रेष्ठ सम्मानित

एसबिआई बैंकका सञ्चालक श्रेष्ठ सम्मानित

लगानी खबर, काठमाडौँ - नेपाल एसबिआई बैंक सञ्चालक समिति सदस्य तथा हामा आएरन एन्ड स्टिल प्राइभेट लिमिटेडका अध्यक्ष बालकृष्ण श्रेष्ठ जनसेवाश्री पञ्चम बाट सम्मानित भएका छन् । श्रेष्ठलाई संविधान दिवसकाे अवसरमा उक्त पदवी प्रदान गरिएको बैंकले जनाएको छ ।

प्रतिष्ठित उद्योगी व्यवसायी श्रेष्ठलाई उक्त सम्मानको घोषणाले थप उत्साहित बनाएको भन्दै बैंकले राष्ट्रपति एवं नेपाल सरकारप्रति आभार व्यक्त समेत गरेको छ । श्रेष्ठ सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको पूर्व अध्यक्ष समेत थिए ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।