Like us!
Follow us!

राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ बराबरकाे विकास ऋणपत्र बिक्री गर्ने भएकाे छ । बैंकले ९ वर्ष अवधिकाे "विकास ऋणपत्र २०८६ (घ)" नामकाे ऋणपत्र बिक्री गर्न लागेकाे हाे । उक्त ऋणपत्रकाे व्याजदर बाेलकबाेलकाे माध्यमबाट निर्धारण हुनेछ ।

यसैगरी, उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी,संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । याे ऋणपत्र धिताे राखी कर्जा लिन/दिन पाइनेछ । उक्त ऋणपत्रकाे बाेलकबाेल असाेज ११ गते आइतबार अपरान्ह ३ बजे हुनेछ । असोज १२ गते निष्कासन भएर उक्त ऋणपत्रकाे साँवा २०८६ साल असोज १२ गते भुक्तानी हुनेछ । 

त्यस्तै, इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात् १७ अर्ब रुपैयाँ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् ३ अर्ब रूपैयाँ छुट्याइएको छ । 

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5f6dd2c97f7ae.jpg 5f6dd2d2be01d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।