Like us!
Follow us!

सुनको ओरालाे यात्रामा निरन्तरता !

सुनको ओरालाे यात्रामा निरन्तरता !

लगानी खबर, काठमाडौँ - आजकाल नेपाली बजारमा सुनकाे मूल्य लगातार घट्दै गइरहेकाे छ । पछिल्लाे ३ दिनबाट दिनहुँ घटिरहेकाे सुनकाे मूल्यले आज (बिहीबार) पनि ओरालाे यात्रा तय गरेकाे छ । 

बिहीबार सुनकाे मूल्य ताेलाकाे १२ सय रुपैयाँले घटेर  प्रतिताेला ९३ हजार १ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बिहीबार तेजावी सुनको भाउ पनि ताेलाकाे १२ सय रूपैयाँले नै घटेर प्रतितोला ९२ हजार ६ सय रूपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी, बिहीबार चाँदीकाे मूल्य पनि तोलामा ७० रुपैयाँले घटेर प्रतितोला एक हजार १ सय २० रूपैयाँमा काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।