Like us!
Follow us!

राधी विद्युत् कम्पनीको हकप्रद सेयर बिक्रीमा आउँदै

राधी विद्युत् कम्पनीको हकप्रद सेयर बिक्रीमा आउँदै

लगानी खबर, काठमाडाैँ - राधी विद्युत् कम्पनीले ५ असोजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । राधीले हकप्रद सेयर बिक्रीका लागि भदौ १२ गते बुक क्लोज गरिसकेको छ ।  

राधीको हकप्रद सेयरमा २५ असोजसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । 

हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी, जनकपुर र लमजुङको बेसीशहर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 

यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ भन्दा बढी रहेको छ । हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।