Like us!
Follow us!

बरुण हाइड्रोपावरको हकप्रद भर्ने म्याद कहिलेसम्म ?

बरुण हाइड्रोपावरको हकप्रद भर्ने म्याद कहिलेसम्म ?

लगानी खबर, काठमाडाैँ - बरुण हाइड्रोपावर कम्पनीले ६ भदौदेखि खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद २६ भदौसम्म रहेको छ । 

यसअघि बिक्री प्रबन्धकले गतल तथ्यांक राखेपछि केही समयका लागि हकप्रद स्थगित गरिएको थियो । तर उक्त समस्या समाधान भइसकेकाले पुनः हकप्रद बिक्री सुचारु भएको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

बरुणले हकप्रद सेयर बिक्रीका लागि २ साउनमा बुक क्लोज गरेको थियो । १ साउनसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।