Like us!
Follow us!

सिर्जनशील लघुवित्तको आईपीओमा मागभन्दा ३४.४९ गुणा बढी आवेदन

सिर्जनशील लघुवित्तको आईपीओमा मागभन्दा ३४.४९ गुणा बढी आवेदन

लगानी खबर, काठमाडाैँ - सिर्जनशील लघुवित्तको आइपीओमा एक अर्ब ३४ करोड ४९ लाख ८७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । 

सीडीएसका अनुसार शुक्रबार बिहानसम्ममा १२ लाख ९ हजार ३०७ जनाले एक करोड ३४ लाख ४९ हजार ८७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ३४.४९ गुणा बढी आवेदन हो । कम्पनीले १५ भदौदेखि कुल तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

योमध्ये १९ हजार ६९० कित्ता सामूहिक लगानी कोष र पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी तीन लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा १९ भदौसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।