लगानी खबर, काठमाडाैँ - बरुण हाइड्रोपावर कम्पनीले ६ भदौदेखि खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद २६ भदौसम्म रहेको छ ।
पहिला बिक्री प्रबन्धकले गतल तथ्यांक राखेपछि केही समयका लागि हकप्रद स्थगित गरिएको थियो । तर, उक्त समस्या समाधान भइसकेकाले पुनः हकप्रद बिक्री सुचारु भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
बरुणले हकप्रद सेयर बिक्रीका लागि २ साउनमा बुक क्लोज गरेको थियो । १ साउनसम्म कायम रहेका सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको छ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।