Like us!
Follow us!

फेरी पनि सुनचाँदीकै मूल्यमा भारी गिरावट !

फेरी पनि सुनचाँदीकै मूल्यमा भारी गिरावट !

लगानी खबर, काठमाडौँ - नेपाली बजारमा आज (बुधबार) पनि सुन चाँदीकै मूल्यले ओरालाे यात्रा तय गरेका छन् । बुधबार पनि सुनकाे मूल्यमा भारी गिरावट देखिएकाे छ । 

मंगलबार तोलामा १७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज (बुधबार) फेरि तोलामा १२ सय रुपैयाँले घटेर प्रतिताेला ९४ हजार ३ सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, बुधबार तेजावी सुनको मूल्य पनि ताेलाकाे १२ सय रूपैयाँले नै घटेर प्रतितोला ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ । 

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि ताेलामा ४० रुपैयाँले घटेर प्रतिताेला १ हजार १ सय ९० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।