Like us!
Follow us!

थप एक कम्पनीले पायाे आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति

थप एक कम्पनीले पायाे आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति

श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) बाट अनुमति पाएकाे छ ।

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ कराेड ९३ लाख ७५ हजार रूपैयाँ बराबरकाे ३ लाख ९३ हजार ७ सय ५० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्नको लागि वैशाख २२ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे । बाेर्डबाट साउन १८ गते अनुमति पाएकाे हाे ।

संस्थाकाे आईपीओ निष्कासन गर्ने प्रयाेजनका लागि सनराईज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।