Like us!
Follow us!

दाेहाेराे अंकले घट्याे सेयर बजार, २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट

दाेहाेराे अंकले घट्याे सेयर बजार, २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडाैँ - आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा झरेकाे छ । नेप्से ०.८३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ३.४१ अंकले घटेर ४०६.१४ विन्दुमा झरेको छ । 

कूल २१४ वटा कम्पनीकाे ६५ लाख २७ हजार ४ सय १४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्ड र उत्पादन तथा प्रषाेधनबाहेक बाँकी सबै वटा उपसमूहकाे सेयर घटेको छ ।

आज २ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । हिमालयन हाइड्राेपावर र गुराँस लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।  

आज जानकी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ४.३१ प्रतिशतले घटेर ४ सय ४४ रूपैयाँमा झरेकाे छ ।

साेमबार पनि काराेबार रकममा शिवम् सिमेन्टले नै अग्रता कायम गरेकाे छ । कम्पनीकाे २० कराेड ७१ लाख ६८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।