Like us!
Follow us!

एसियन लाईफको लाभांश घोषणा, नगद र बोनस कति ?

एसियन लाईफको लाभांश घोषणा, नगद र बोनस कति ?

लगानी खबर, काठमाडाैँ - एसियन लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको १४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.७६ प्रतिशत नगद लाभांश गरी कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।