Like us!
Follow us!

महिला लघुवित्तको नाफा ६१ प्रतिशतले बढ्यो, ईपीएस कति ?

महिला लघुवित्तको नाफा ६१ प्रतिशतले बढ्यो, ईपीएस कति ?

लगानी खबर, काठमाडाैँ - महिला लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६१.४३ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले ९ करोड २९ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १५.९० प्रतिशतले बढेर २७ करोड ८७ लाख २६ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २४ करोड ४ लाख ८३ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा भने १८.७६ प्रतिशतले घटेर ८ करोड ६१ लाख ८६ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १० करोड ६० लाख ८५ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ र जगेडा कोषमा २९ करोड ८३ लाख ४० हजार रुपैयाँ सञ्चित रहेको छ जुन अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ३५.०६ प्रतिशतले बढि हो । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १०१ रुपैयाँ ७६ पैसा र प्रतिसेयर नेटवर्थ ३०२ रुपैयाँ २६ पैसा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।